भियग्राको विकल्प

बजारमा विभिन्न यौनवद्र्धक औषधिहरू पाइन्छन् । यौनशक्ति बढाउन भन्दै लिइने त्यस्ता औषधिलाई धेरै प्रयोग नगर्न चिकित्सकहरू सुझाब दिन्छन् । त्यस्ता औषधिले दीर्घकालीन रूपमा सिंगो यौनजीवनलाई नै प्रभाव पार्न सक्ने बताइन्छ । यद्यपि, समाजमा प्राय: मानिसलाई आफ्नो यौनशक्ति बढाउने इच्छा र मनोविज्ञानले प्रभाव पारिरहेको हुन्छ । यसअनुसार मानिस यौनवद्र्धक औषधिप्रति आकर्षित भइहाल्छन् । तर, त्यस्ता औषधिको विकल्प पनि निस्किएको पाइन्छ । हामीले योगको माध्यमबाट यौनशक्ति बढाउन सक्छौँ । त्यसबाहेक यार्सागुम्बा नामको जडिबुटीको सेवनले पनि यौनस्वास्थ्यलाई फाइदा गर्ने कुरा त पुरानै हो । त्यसबाहेक चिप्लेकिराले पनि यौनशक्ति बढाउने बताइन्छ । चिप्लेकिरा खोजेर त्यसलाई खानेहरू धेरै भेटिन्छन् पहाडी भेगतिर । चिप्लेकिरा खाँदा हाडजोर्नीमा चोटपटक लागेको पनि ठीक हुने मत पाइन्छ । यसले शरीरमा निकै तागत दिन्छ पनि । गाउँघरतिर गोरुलाई तागतिलो बनाएर जोत्न पनि चिप्लेकिरा खुवाउने चलन छ । यौनवद्र्धक औषधि भियग्राभन्दा यार्सागुम्बा निकै प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यार्सागुम्बा त सजिलै पाइँदैन तर चिप्लेकिरा सहज रूपमा उपलब्ध हुन सक्छ । हुन त चिप्लेकिरा खानलाई घीन लाग्न पनि सक्छ । तर, यसलाई पानीमा राखेर केही समय चलाएमा केही भागबाहेक यो पानीमा घुल्छ । सोही घोल खान पनि सकिन्छ । प्राय: खैरोभन्दा कालो रङको चिप्लेकिरा बढी शक्तिवद्र्धक हुने बताइन्छ ।

प्रतिक्रिया