मंसिर पहिलो साता दोस्रो संविधानसभा निर्वाचन

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले पुरान राजनीतिक दलहरुका कारण मुलुकमा नयाँ संविधान विहिन अवस्था आएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यराति पत्रकार सम्मेलन गरेर भट्टर्राइले कांग्रेस र एमाले तर्फ संकेत गर्दै संघीयता विरोधीको आरोप लगाएका छन् । उनले मधेसी मोर्चा र एमाओवादीले सहमतिका लागि प्रयास गरेपनि निकास आउन नसकेको आरोप लगाए ।
उनले संघीयतामा सहमति हुन नसकेपछि संविधानसभा विघटन हुन परेको बताए । उनले केही दलहरुको दोहोरो भूमिकाका कारण म्याद थपको विधेयक असफल हुन पुगेको बताए ।
प्रधानमन्त्री भट्टराईले संविधान बनाउन असफल रहेको भन्दै आरोप प्रत्यारोपमा नलाग्ने बताए । उनले अझैपनि राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् ।
यस अघि, प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा.रामवरण यादवलाई भेटगरेर मंसिर सात गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया