एमाले मन्त्री पोखरेलद्धारा राजीनामा

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर सात गते निर्वाचन गर्ने प्रस्ताव गरे पछि असन्तुष्ट एमालेका तर्फबाट उपप्रधान मन्त्रीको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले सञ्चारकर्मीसँग कुरागर्दै आजैका मितिबाट लागू हुने गरेर मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले नयाँ संविधान जारी गर्ने तर्फ भन्दापनि आफ्नो स्वार्थमा लागेकाले मुलुकमा समस्या आएको बताए ।
उनले पाँच बुँदे अनुसार एमाओवादी र सरकार नचले पछि आफूले बाध्य भएर पदबाट राजीनामा दिएको जनाएका छन् ।

प्रतिक्रिया