बानेश्वमा धर्नाकारी र प्रहरीवीच झडप

काठमाडौं, १४ जेठ । जातीय राज्यको विरोध गर्दै धर्ना र घेराउमा बसेको व्राम्हण, क्षेत्री लगायतले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ ।
बेलुका करिव सवा सात बजे पुरानो बानेश्वर जाने बाटो तर्फ रहेका धर्नाकारी र प्रहरी वीच झडप भएको हो । झडप पछि सो स्थान तनाब पूर्ण बनेको थियो । धर्नाकारीको आक्रमणबाट प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाह, प्रहरी जवान महेन्द्र निधि र अर्का एक जना रहेका छन् । धर्नाकारी तर्फ पनि केही घाईते भएका छन् ।
प्रमुख दलहरुले बहुजातीय पहिचना सहितको संघीय राज्य बनाउने सहमति गरेको समाचार थाहा पाएपछि उत्तेजित भएका धर्नाकारीले निषेधाज्ञा तोड्ने प्रयास गरेका थिए ।
प्रहरीले सो क्रममा पाँच राउण्ड अश्रुग्याँस प्रहार समेत गरेको छ ।

प्रतिक्रिया