उपभोक्ता समिति गठनमा कुटाकुट

काभ्रे, १४ जेठ । आर्थिक वर्ष सकिन डेड महिना मात्रै बाँकी हुँदा उपभोक्ता समिति गठनका विषयमा बोलाइएको भेलामा शनिबार राति कुटपिट भएको छ ।
विहान ११ बजे देखि शुरु भएको भेला राति ९ बजेसम्म चलेको थियो । जिल्लाको विकट गाविस डा“डापारी क्षेत्रको डा“डागाउ गाविसको श्री वीर प्राविमा आयोजना भएको भेलामा कुटपिट भएको हो ।
राजनीतिक दलहरुको सहमतिमा उपभोक्ता समिति गठन गर्ने सहमति भए पनि दलहरु भित्रकै आन्तरिक विवादका कारण उपभोक्ता समिति गठनमा कुटपिट भएको स्थानीय शेखर लामाले जानकारी दिए ।

कुटपिटबाट कांग्रेसका गाउ इकाइ समिति सचिव सहकुल तिमल्सिना र इकाइ सदस्य अमृतमान जिम्बा घाइते भएका छन् ।
तिमल्सिना गम्भीर घाइते भएकाले उपचारका लागि जिल्ला सदरमुकाम धुलिखेल लागिएको छ ।

प्रतिक्रिया