तेल लोड भएका ट्यांकर सडकमै

विराटनगर :  भन्सार बन्दरगाहमा थन्किएका चौवालीस टयांकरलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्‍याए पनि त्यस्ता टयांकर अझै पनि डिपोअगाडि सडकमै रहेका छन् ।
विराटनगर कञ्चनबारीस्थित आयाल निगमको पूर्वक्षेत्रीय कार्यालयअगाडि सडक पार्किंङमा पाँचवटा  टयांकर अज्ञात समूहले तोडफोड गरेपछि अन्य टयांकरले डिपोमा तेल खन्याउन नमानेपछि त्यस्तो अवस्था सिर्जना भएको हो ।
ढुवानी व्यवसायीले टयांकरबाट इन्धन भण्डारण गर्न नमानेपछि पूर्वमा इन्धनको हाहाकार कायमै रहेको छ । बन्दका समयमा जोखिम मोलेर ल्याइएका टयांकरहरू राजमार्गमा राख्दा झन् जोखिम हुने भन्दै आयाल निगम र प्रहरी प्रशासनले टयांकर खाली गराउन ढुवानी व्यवसायीलाई आग्रह गरेको थियो तर  टयांकर व्यवसायीले क्षतिपूर्ति नपाएसम्म टयांकर खाली गर्न मानेनन । ‘डिपोमा इन्धन एकरत्ति स्टक छैन, खाली गराँै घटनाको अनुसन्धान प्रहरी प्रशासनले गर्दैछ, क्षतिपूूर्ति दिलाउन हामी पनि पहल गर्नेछौँ भनेर सम्झाउँदा पनि ढुवानी व्यवसायीले मानेनन्,’ नेपाल आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख दीपक बरालले भने ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाप्रासद चतुर्वेदीले बन्द अवस्थामा अतिप्रज्वलनशील पदार्थ भरिएका सावरीसाधन राजमार्गमा राख्नु जोखिमपूर्ण हुने बताए । ‘प्रशासनको निर्देशनमा भन्सारबाट मालवाहक सवारी–साधनसहित चौवालीसवटा डिजेल–पेट्रोल र मट्टीतेल बोकेका टयांकरहरू पनि ल्याइदियाँै तर  ढुवानी व्यवसायीले खाली नगरेर झन् असुरक्षा बढाइदिएका छन्,’ उनी बताउँछन् । (सौस)

प्रतिक्रिया