सानमिगेलका विजेता फिलिपिन्सतर्फ

काठमाडौं : गोर्खा ब्रुअरीद्वारा आयोजना गरिएको विन ट्रिप बिच पार्टीका विजेता शनिबार फिलिपिन्स प्रस्थान गरेका छन् ।
गोर्खा ब्रुअरी प्रालिका व्यापार प्रवद्र्धन निर्देशक आशिष बिस्टले विजेता बाल कृष्ण गोपाली, केशवप्रकाश जोशी र सुरोज खिमु श्रेष्ठलाई बिदाइ गरेको गोर्खा ब्रुअरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सानमिगेलले यो योजना मुलुकभरका दुई हजार पाँच सयभन्दा बढी आउटलेटबाट सञ्चालन गरेको थियो । योजनाका तीन विजेता ग्राहक लक्की ड्रमार्फत छानिएका थिए । विजेता ग्राहकले आफूसँग एकजना साथीसँगै लिएर जानपाउने व्यवस्थाअन्तर्गत ज्ञान सुन्दर श्रेष्ठ, शिवराज सिंखडा तथा विना जोशी मरासिनी पनि विजेतासँगै प्रस्थान गरेकी छिन् । भ्रमणको सबै आर्थिक दायित्व गोर्खा बु्रअरीले बेहोर्ने जनाएको छ ।
सन् २००४ देखि उत्पादन तथा बिक्रीवितरण सुरु गरेको सानमिगेल बियर नेपालभरका बियर पारखी अझ विशेषगरी युवावर्ग माझाअन्तर्राष्ट्रिय ब्रान्डका रूपमा लोकप्रिय हँदै आएको छ । फिलिपिन्स प्रस्थान गरेका ग्राहकलाई बोराके ब्रिज लगिने पनि कम्पनीले जनाएको छ । विश्वका पर्यटकका लागि संसारकै प्रख्यात देशमध्ये बोराके ब्रिज एक हो । (सौस)

प्रतिक्रिया