तयार भयो नाइट क्विन

काठमाडौं : हिजोआज युवापुस्तालाई लक्ष्य गरेर चलचित्र निर्माण गर्ने क्रम बढेको छ । यस्तै विषयमा निर्माण गरिएको चलचित्र नाइट क्विन प्रदर्शनका लागि तयार भएको छ । यही महिनाको अन्तिम सातादेखि प्रदर्शनका लागि तयारी सुरु गरिएको निर्माण टोलीले जानकारी गरायो ।
रात्रिकालीन व्यवसायमार्फत जीविकोपार्जन गर्ने नारीहरूको कथावस्तु समेटेको चलचित्र ‘नारीप्रधान’ रहेको निर्देशक आरबिके शरद्ले बताए । उनका अनुसार एउटी केटी किन एकभन्दा बढी केटासँग प्रेमको नाटक गर्छे र यो अवस्थाले जीवनमा कस्तो उतारचढाब निम्त्याउँछ भन्ने कुरा चलचित्रमा उठाइएको छ ।
राजेश हमाल, राजेश ढुंगाना, हसन खान, कल्पना शाही, नवीन बुढाथोकी, उषा खरेल, ज्योत्स्ना भट्ट, शान्ति गिरी, शूरवीर पण्डित, आरोहण बटला, निर्मल सेन्चुरी, लक्ष्मी अधिकारीलगायतले अभिनय गरेको चलचित्रलाई बिबी बुढाथोकी नवीनले निर्माण गरेका हुन् । ननस्टप क्रिएसन प्रालिको ब्यानरमा निर्मित चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, विकास चौधरी र वसन्त सापकोटाको संगीत तथा कमल राई र पुनम राईको नृत्यनिर्देशन छ । (सौस)

प्रतिक्रिया