भोलि आइतबार नयाँ संविधान आउछ

काठमाडौं, १३ जेठ । एमाओवादी, कांग्रेस र मधेसी मोर्चाले १४ प्रदेश सहितको नयाँ संविधान जेठ–१४ अर्थात भोलि आइबातर ल्याउने दाबी गरेका छन् ।
यद्यपी प्रदेशमा कुराकानी चलिरहेकाले संख्यामा तलमाथि हुन सक्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा पहिचान सहितका १४ प्रदेश ल्याउने विषयमा सामान्य सहमति भएको मधेसी मोर्चाका नेता महन्थ ठाकुरले बताए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै तमलोपाका अध्यक्ष समेत रहेका ठाकुरले भोलि कुनैपनि हालतमा नयाँ संविधान आउने बताए । उनले भने, ‘विश्वास गर्नुस भोलि संघीय राज्यमा पहिचान सहितको संविधान आउछ ।’
संविधानसभाको विषयगत समितिको सुझावलाई आधार मानेर राज्य पुनर्संरचना गर्ने बताएका तमलोपाका अध्यक्ष ठाकुरले बाँकी रहेका विषयलाई रुपान्तरिक संसदले टुङगाउने बताएका छन् ।
यसैवीच, एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको बैठक अहिले केही समय पछि पुनः बस्दैछ । बैठकले बाँकी रहेका विवादित विषयलाई टुङगाउने छ ।

प्रतिक्रिया