तर्किए अक्षय

सहकर्मी कलकारसँग विवादमा मुछिएर विरलै चर्चामा आउने गर्छन्, बलिउडका ‘खेलाडी’ अक्षय कुमार । फिल्मी करियरमा सफलताको शिखर चुमे पनि उनी फुइँ लडाउँदैनन् । ‘यस अर्थमा अक्षय र अजय देवगणबीच धेरै समानता छ । दुवै ठूला कलाकार हुन् तर ठूलो भएकामा उनीहरूलाई रत्तिभर घमन्ड छैन,’ फिल्मी क्षेत्रमा चासो राख्नेहरू यसै भन्छन् ।
पछिल्लोपटक अक्षयले बलिउडका दुई विख्यात कलाकारसँग भिडन्तको सम्भावना टारेका छन् । आफूद्वारा अभिनित फिल्म सार्वजनिक हुने मिति सारेर उनले अजय देवगण र शाहरुख खानसँग भिडन्तका सम्भावना टारेका हुन् । अक्षयको फिल्म खिलाडी ७८६ सार्वजनिक हुने मिति अजयको सन अफ सर्दार र शाहरुखको नाम तय नभएको फिल्मसँग जुधेपछि वरिष्ठ सहकर्मीसँगको भिडन्तबाट अक्षय पछि हटेका हुन् । तीनवटै फिल्म तिहारको समय पारेर सार्वजनिक गर्ने यसअघि तय भएको थियो । (एजेन्सी)

प्रतिक्रिया