आयोगको वार्षिकोत्सव स्थगित

काठमाडौं, १२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले प्रत्येक वर्ष मनाउदै आएको आफ्नो वार्षिकोत्सव यस पटक स्थगित गरेको छ ।
आयोगले आज विज्ञप्ती जारी गरेर विशेष कारणवस वार्षिकोत्सव स्थगित गर्नुपरेको जनाएको छ । जेठ–१४ गते नयाँ संविधान जारी गर्ने मिति भएकाले आयोगले आफ्नो कार्यक्रम स्थगित गरेको स्रोतको भनाई छ ।
आयोगले हरेक वर्ष जेठ–१३ गते वार्षिककोत्सव मनाउँदै आएको थियो ।
स्थगित गरिएको वार्षिकोत्सव उपयुक्त समयमा मनाइने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया