प्रमुख पदहरु चक्रीय प्रमणालीमा देउ

काठमाडौ, १२ जेठ । विभिन्न राजनीतिक दल निकट ५ महिला संघ/संगठनहरुले आफ्ना अधिकार सुनिश्चितता सहित महिलाहरुलाई प्रमुख पदहरु चक्रीय प्रणालीका आधारमा उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले जेठ–१४ भित्रै लोकतान्त्रिक संविधानको माग पनि गरेका छन् । माग पुरा नभए आन्दोलन गर्ने महिलाहरुको भनाई छ ।
नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल प्रगतिशिल महिला संघ, अखिल नेपाल महिला संघ र नेपाल प्रगतिशिल महिला फेडरेसनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
उनीले नागरिकता प्रदान गर्दा बुवा र आमाको समान हक स्थापित गर्ने, राज्यका सबै अंगमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गराउने, राज्यका प्रमुख र उपप्रमुखमा चक्रीय प्रणालीबाट महिलाको सहभागितालगायतका माग राखेका छन् ।

प्रतिक्रिया