प्रधानमन्त्रीको वचाउमा मधेसी मोर्चा

काठमाडौं, ११ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस/एमालेले पाँच बुँदे सहमति विपरित प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गरेको आरोप लगाएको छ ।
मधेसी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले तत्काल प्रधानमन्त्री भट्टराईले राजीनामा दिन नहुँने निर्णयको गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले जानकारी दिए ।
‘कांग्रेस/एमालेले पाँच बुँदे सहमति विपरित प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्,’ बैठक पछि सञ्चारकर्मीसँग उनले भने, ‘संविधान जारी हुने भएपछि मात्रै प्रधानमन्त्रीको राजीनामा आउछ नत्र आउदैन ।’
मधेसी मोर्चाले जेठ–१४ गते भित्रै नयाँ संविधान जारी गर्नुपर्ने भन्दै सहमतिका लागि राजनीतिक परामर्श गर्ने निर्णय गरेको छ ।
‘जातीय पहिचान सहितको नयाँ संविधान जेठ–१४ गते भित्रै जारी हुनुपर्छ,’ नेता देवले भने, ‘संवैधानिक समिति र विवाद समाधान उपसमितिको बैठक बोलाएर विदाव अन्त्य गरौं ।’
नयाँ संविधानका विवाद अन्त्य हुन नसके संविधानसभाबाटै मतदानको प्रक्रिया मार्फत भएपनि विवाद टुङगो लगाएर नयाँ संविधान जारी गर्नुपर्ने मधेसी मोर्चाले निर्णय गरेको छ ।

प्रतिक्रिया