सहमतिसँगै थारु आन्दोलन फिर्ता

काठमाडौं, १९ जेठ । सरकार र थारु संघर्ष समितिबीच आज भएको बार्तामा १० बुँदे सहमति भएपछि थारु समुदायले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
सिंहदरबारस्थित शान्ति मन्त्रालयमा भएको वार्तामा राज्य पुनर्संरचनाका साथै समानुपातिक निर्वाचन, आरक्षण, क्षतिभएका सवारी साधनको क्षतिपूर्ति लगायतमा सहमति भएको हो ।
त्यसै गरेर बार्तामा राज्य पुनर्संरचनामा पनि सहमति भएको छ । झापादेखि कञ्चनपुरसम्म तीन प्रदेशको खाका संविधानमा प्रवेश गराउने सहमति भएको बार्ता पछि समितिका संयोजक सन्तोष चौधरीले जानकारी दिए ।
उनका अनुसार बार्तामा तराईका २२ जिल्लालाई तीन प्रदेश बनाउने सहमति भएको छ ।
नवलपरासीमा रहेको थारु संग्राहलयमा भएको नोक्सानीको क्षतिपूर्ति दिने सहमति पनि भएको छ । चौधरीका अनुसार आन्दोलनका क्रममा घाईतको उपचार गर्ने सहमति भएको छ ।
सहमतिसँगै तराईमा जारी आन्दोलन र बन्द फिर्ता पनि भएको संयोजक चौधरीले बताएका छन् ।

प्रतिक्रिया