बाबुले स्वीकार नगरे पछि छोरीको हत्या

दाङ, १० जेठ । दाङको तुलसीपुरमा २३ दिनकी शिशुलाई आफ्नै आमाले हत्या गरेकी छन् ।
तुलसीपुर नगरपालिका–८ बस्ने १८ बर्षीया टीका पुनले छोरी मुना पुनको घाटी थिचेर हत्या गरेकी हुन् । मंगलबार दिउसो शिशुको हत्या भएपनि राति अबेरमात्र घटना सार्वजनी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीसँगको बयानमा टीकाले पतीले बारम्बार छोरी आफ्नो नभएको भन्दै मानसिक तनाव दिए पछि हत्या गरेको प्रारम्भीक बयान दिएकी छन् ।
‘यो मेरो छोरी हैन भन्दै गाली गर्ने गरे पछि बाध्य भएर हत्या गरे,’ उनले भनिन् ।
हत्याका सम्बन्धमा आवश्यक छानविनका गर्न टीकालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । सौर्य

प्रतिक्रिया