अरुण पूर्वका जिल्लामा लिम्बुवानको बन्द

इलाम, १० जेठ । संघीय लिम्बूवान् राज्य परिषदले अरुण पूर्व बन्दका जिल्लामा आह्वान गरेका कारण इलाम, पाँचथर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान् राज्य कायम गर्नुपर्ने, जातीय पहिचान सहितको संघीय संविधान समयमै जारी गर्नुपर्ने लगायताका माग राखेर परिषदले बन्द गरेको हो ।
बन्दका कारण सार्वजनिक तथा नीजि सवारी साधन चलेका छैनन् भने बजारहरु पनि पूर्ण रुपमा बन्द छन् । शिक्षण संस्था, उद्योग, कलकारखा, व्यापारव्यवसाय सबै बन्द छन् ।
इलामबाटबाट छुट्ने लामो तथा छोटो दूरिका कुनैपनि सवारी साधनहरु चलेका छैनन् ।
बन्दले झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, धनकुटा लगायतका अरुण पूर्वको सबै जिल्लामा प्रभाव पारेको छ ।
आदिवासी जनजाति संयुक्त संघर्ष समितिको बन्द सकिए लगत्तै परिषद्ले पूर्वका जिल्लामा बन्द गरेको छ ।
बन्दका क्रममा शान्ति सुरक्षा बिग्रन नदिन ठूलो संख्यामा सुरक्षकर्मीहरु परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया