संविधानसभा र संसद बैठक स्थगित

काठमाडौं, ९ जेठ । राज्य पुनर्संरचना लगायतका विषयमा दलहरुका वीच विवाद भएपछि त्यसको प्रभाव संविधानसभा र व्यवस्थापिका संसदमा परेको छ ।
संविधानसभा र व्यवस्थापिका संसदको आजका लागि तोकिएका दुई वटै बैठक भोलिसम्मका लागि सूचना टाँस गरेर स्थगित भएका छन् । दलहरुले सहमतिका लागि प्रयास गरिरहेको भन्दै बैठक स्थगित गर्न भने पछि सूचना टाँस गरेर स्थगित गरिएको स्रोतको भनाई छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भोलि तीन बजे सम्मका लागि संविधानसभा बैठक स्थगित गराएको सूचनामा उल्लेख छ । संसद बैठक पनि भोलिनै एक वजे बस्ने छ ।
यस अघि संविधानसभा बैठक र संसद बैठक पटक/पटक सूचना टाँस गरेर स्थगित भईसकेका छन् ।

प्रतिक्रिया