एमाओवादी र मधेसी मोर्चाले सहमति खोज्ने

काठमाडौं, ९ जेठ । संविधानका विवादित विषयमा सहमति खोज्न बसेको एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेस र एमालेसँग पनि छलफल गर्ने निर्णय गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको बैठकमा राज्य पुनर्संरचना अन्तर्गत संघीय प्रदेशको संख्या, नाम र सीमाङकन लगायतमा छलफल भएको नेताहरुले बताएका छन् ।
विवादित विषयलाई संविधानसभामा प्रक्रियाबाट टुङगाउनु पूर्व कांग्रेस र एमालेसँग छलफल गरेर निकास खोज्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।
यसैवीच, एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । बैठक अहिले केही समय पछि बस्ने तयारी भएको छ ।
संघीय प्रदेशको नाम, संख्या र सीमाङकनमा दलहरुवीच पछिल्लो पटक भएको सहमतिप्रति विभिन्न जातीय संघ संगठनहरुले विरोध गरेपछि सो सहमतिलाई फिर्ता गरिएको थियो ।

प्रतिक्रिया