गेलफान्दलाई अग्रता

मस्को  : मस्कोमा जारी विश्व च्याम्पियनसिप चेस प्रतियोगितामा इजरायलका ग्रान्डमास्टर बोरिस गेलफान्दले अग्रता कायम गरेका छन् । १२ खेलको शृंखलामा छैटांै खेलसम्म बराबरी भए पनि सातांै खेलमा सेतो गोटीबाट खेलेका गेलफान्दले वर्तमान च्याम्पियन विश्वनाथन आनन्दलाई पराजित गरे । सात चरणपछि खेलको अवस्था ४–३ भएको छ ।
कालो गोटीबाट स्ल्याभ डिफेन्स खेलेका आनन्दको विरुद्धमा गेलफान्दले आकर्षक अन्त्य गरेका थिए । खेल बराबरीतर्फ मोडिएको अवस्थामा आनन्दले गल्ती गरेका थिए । यसअघि कालो गोटीबाट पनि राम्रो खेलेका आनन्दले यो खेलमा पनि बराबरी गर्ने अवस्था देखिएको थियो । २५आंै चालमा आनन्दले गल्ती गरेपछि गेलफान्दले सातांै र्‍यान्कमा रुक राख्ने अवसर पाएका थिए । यसपछि रुकको विरुद्धमा बिसप राखेर खेलेका आनन्दको बिसप पनि निष्प्रभावी भएको थियो । बिसप ख्वाउँदै मेट थ्रट राख्ने आनन्दको प्रयास असफल भएपछि ३८औं चालमा उनले राजीनामा दिए । ४२ वर्षे आनन्दको विरुद्धमा ४३ वर्षीय गेलफान्दको यो १९ वर्षमा पहिलो जित हो ।
छैटौं चालसम्म पुरानै चाल दोहोरिए पनि सातांैमा नयाँ नोभलिटीको रूपमा गेलफान्दले ‘बी–सिक्स’ चलेका थिए । १०आंै चालमा खेल टयास डिफेन्सको झैं भएको थियो । १८आंै चालमा आनन्द केही पछि पर्ने अवस्था भएपछि गेलफान्दले टयाक्टिकल चालमा ध्यान नदिई पोजिसन बलियो बनाउन केन्द्रित भए ।  (एजेन्सी)

प्रतिक्रिया