शंकाको घेरामा ब्रान्जेलिना

हलिउड : सेलिब्रिटीहरूका प्रेम एवं वैवाहिक सम्बन्ध सधैँ चर्चाका विषय बन्ने गर्छन् । सँगै बसेर सन्तानलाभ भइसक्दा पनि हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीले आफूहरूको बिहे हुन बाँकी नै रहेको बताउँदै आएका छन् । वर्षौंदेखि एउटै छानामुनि बसिरहेका उनीहरूको सम्बन्धमा कुनै दरार आएको अहिलेसम्म सार्वजनिक भएको छैन । केही समयअघि उनीहरूले आफूहरू अब बिहे गर्ने तयारीमा रहेको बताउँदै आएका थिए । तैपनि, उनीहरूले सार्वजनिक रुपमा बिहे गरेको औपचारिक घोषणा गरिसकेका छैनन् ।
यही कारण यी हलिउड सेलिब्रिटीका लाखौँ फ्यानलाई यी दुईको सम्बन्ध अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कौतूहल बढ्दै गएको छ । केही समयअघि मात्र यी जोडीले आफूहरूको इन्गेजमेन्ट भएको कुरा सार्वजनिक रूपमा पुष्टि गरेका थिए । तर, यसबीच उनीहरूले पहिले नै विवाह गरिसकेका हुन् कि भन्ने आशंका पनि फ्यानहरू गर्न थालेका छन् । हलिउड कलाकार एलिसन ज्याक्सनले खिचेको एक तस्बिरमा यी जोडीले विवाहमा लगाउने खालको ड्रेस लगाएको देखिन्छ, जुन तस्बिर अहिले इन्टरनेटमा उपलब्ध छ । त्यही तस्बिर हेरेर मानिसले उनीहरूको बिहे भइसकेको अड्कल काट्न थालेका हुन् । यही तस्बिर देखेपछि फ्यानहरू सोच्न थालेका छन्, ‘कतै यी सेलिब्रिटीले बिहेबारे सबैलाई गुमराहमा राखेका त होइनन् †’

प्रतिक्रिया