एल्बमको भिडमा ‘नमस्ते गौरी गुठ’

काठमाडौं : सांगीतिक एल्बमहरूको भिडमा बलबहादुर राईको नमस्ते गौरी गुठ एल्बम पनि मिसिन आइपुगेको छ । हाल राजधानीमा आयोजित कार्यक्रममा संगीतकार सुरेश अधिकारी, खोटाङ सेवासमाजका अध्यक्ष राकेश राई र गायक शम्भु राईले संयुक्त रूपमा सो एल्बम विमोचन गरे । एल्बमको समीक्षा गर्दै गायक शम्भु राईले भने– ‘गीतहरूको भिडमा यो एल्बमले पनि दर्शकको मन छुनेछ ।’
कुल आठ गीत समाविष्ट एल्बममा शम्भु राई, राजेशपायल राई, भुवन राई, सुरेश कुमार, मिलन अमात्य, महेश राई, भीषण मुकारुङ र महेश राईको स्वर छ । वीरेन्द्र राई, ज्ञानु राई, स्व. ओपी राई, बलबहादुर राई र भगत राईले लेखेका शब्दमा शम्भु राई, विकास चौधरी, सुरेश अधिकारी, ओमप्रकाश राई, पारस मुकारुङ र भगतले नै संगीत भरेका हुन् ।
कार्यक्रममा लाउन जाने, गौरी गुठमा र एकोहोरो मायाले बोलका तीन गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । यी तीनै भिडियो लोकेन सावाले निर्देशन गरेका छन् । एल्बम तात्तिम इन्टरटेन्मेन्ट प्रालिले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया