अधिकार माग्दै दलितको सिठ्ठी जुलुस

विराटनगर, ६ जेठ । नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल संयुक्त दलित संघर्ष समितिले आज सुनसरीमा प्रदर्शन गरेको छ ।

पूर्वका विभिन्न जिल्लाबाट ईटहरीमा भेला भएका दलित नेता तथा कार्यकर्ताहरुले आफूहरुमाथि हुने गरेको विभेदको विरोधमा प्रदर्शन गरेको जनाएका छन् । उनीहरुले मुखमा कालो पट्टी बाँधेर शंख र सिटी फुक्दै प्रदर्शन गरेका थिए ।
जातीय सद्भाव कायम गर्नुपर्ने, नयाँ संविधानमा दलितका हकअधिकार सुनिश्चित गर्नुपर्ने, सबै क्षेत्रमा दलितको आरक्षण सुरक्षित गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेको दलित अगुवा नेताहरुले बताएका छन् ।
इटहरीको इलाका प्रहरी कार्यालय अगाडिबाट निकालिएको ¥यालीले इटहरी बजार परिक्रमा गरेको थियो ।
चौरस्ता चोकमा आयोजित कोणसभामा दलित अगुवाहरुले दलितमाथिको विभेद अझै अन्त्य नभएको भन्दै समान अधिकार र न्यायको माग गरेका थिए ।
संघर्ष समितिकी संयोजक शिला गजमेरले दलित एकजुट भए मात्र आफ्ना अधिकार सुनिश्चित हुने बताईएन ।

प्रतिक्रिया