सन्तोष जनकपुर बम विस्फोटका मुख्य दोषी

जनकपुर, ५ जेठ । जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउने मुख्य योजनाकार मुकेश भनिने सन्तोष चौधरी रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसान्धान व्यूरो प्रमुख उपेन्द्रकान्त अर्यालले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर चौधरी प्रमुख दोषी रहेको जनाए । उनका अनुसार अभियुक्त चौधरी भारतमा लुकीछिपी बस्ने गरेका छन् ।
चौधरीलगायत घटनामा संलग्न अन्यलाई कानूनको दायरामा ल्याउन इन्टरपोलको सहयोग लिईने अर्यालले बताए ।
अनुसन्धानाबाट छ महिना अगाडि गठन भएको तराई विद्यार्थी लिवरेसन फ्रन्टको नेतृत्वकर्ताका रुपमा चौधरीले अस्तित्व देखाउन जनकपुरमा वम विष्फोट गराएको प्रहरी भनाई छ ।
मिथिला राज्यको माग गर्दै गत वैशाख १८ गते रामानन्द चोकमा धर्नामा बसेका बेला मुकेशको निर्देशनमा सप्तरी जिल्ला विषहरिया गाविस–८ का २१ वर्षीय जयप्रकाश चौधरीले बम राखेको पुष्टि भएको उनले बताए ।
घटनामा प्रयोग गरिएको बममा अति विस्फोटनशील स्वचालित संयन्त्रको प्रयोग गरिएको प्रहरी भनाई छ । वम विस्फोटनमा पाँच जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका थिए ।

प्रतिक्रिया