तमलोपा सरकारबाट बाहिरिने

काठमाडौं, ४ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
तमलोपा नेपालका प्रवक्ता रामाशिषप्रसाद गुप्ताका अनुसार केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको जानकारी दिए ।
उनले तीनदलले गरेको सहमति मधेस आन्दोलनको मर्म विपरीत रहेको बताउँदै पार्टीले सरकार छोडेर सङ्घर्षमा जाने निर्णय गरेको उल्लेख गरे ।
राज्य पुनर्संरचनालाई लिएर मधेसवादी दल र प्रमुख तीन दलवीच चर्काचर्की भईरहेका समयमा तमलोपा नेपालले सरकार छाड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया