सौर्यकर्मीलाई दुर्व्यवहार

काठमाडौं, ४ जेठ । बन्दको अवज्ञा गरेको भन्दै सौर्य दैनिकका दुई सहकर्मी दीपक सापकोटा र सरोज ढुंगानालाई भक्तपुरमा दुर्व्यवहार भएको छ ।

भक्तपुरको नलिनचोकमा जम्मा भएका आन्दोलनकारीले सापकोटा र ढुंगानालाई दुव्यर्वहार गरेका हुन् ।
बनेपाबाट सौर्य दैनिकको कार्यालयमा आउदै गर्दा बन्द समर्थकले कुटपिट गरेका थिए । सापकोटा र ढुङगानाले भने, ‘सौर्य दैनिकको परिचयपत्र देखाउदा देखाउदै आन्दोलनकारिले कुटपिट गरे ।’
यसैवीच, पत्रकार सापकोटा र ढुंगानालाई बन्द समर्थकले गरेको दुर्व्यवहारको सौर्य दैनिकले घोर निन्दा एवं भत्र्सना गरेको छ ।

प्रतिक्रिया