एमाओवादीद्वारा सहमतिको स्वागत

काठमाडौं, ३ जेठ । एकीकृत माओवादीले प्रमुख दलहरुका वीच भएको राज्य पुनर्संरचना र शासकीय स्वरुप लगायतका सहमतिलाई अनुमोदन गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले प्रमुख दलहरु वीच मंगलबार बालुवाटारमा भएको सहमतिको स्वागत गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रमुख दलहरुका वीच भएको सहमतिलाई तोडमोड गरेर पत्रपत्रिकाले लेखेको आरोप लगाए ।
उनले पत्रपत्रिमामा आए जस्तो राज्य पुनर्संरचनामा सहमति नभएको बताए । उनले राज्य पुनर्संरचना गर्दा विषयगत समितिको प्रतिवेदनलाई आधार बनाएर गरिने उल्लेख गरे ।
बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको भने सहभागिता थिएन ।

प्रतिक्रिया