एडिको ‘एडी भोइ’


काठमाडौं : गायक एडी शेर्पाको पहिलो एल्बम एडी भोइ–१ बजारमा आएको छ । केही समयअघि गोर्खा जिल्लामा पुगेर उनले सो एल्बम सार्वजनिक गराएका हुन् । एल्बममा उनले लोक–पप शैलीका ८ गीत समावेश गरेका छन् । केही गीतमा गायक शेर्पाकै शब्द–संगीत छ भने अन्य गीतमा प्रमोद निर्वाण, आशुसेन लामा, महेश नकर्मी, मनीष गोदार र सुमन खिम्दिनले उनलाई शब्दसंगीतमा सघाएका छन् । एल्बम हेल्लो म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिको व्यवस्थापनमा बजारमा आएको हो । (सौस)

प्रतिक्रिया