एघार प्रदेशमा एमाओवादीले सहमति खोज्ने

काठमाडौं, १ जेठ । एकीकृत माओवादीले राज्य पुनर्संरचनाका क्रममा मुलुकमा एघार संघीय राज्यमा सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।
एमाओवादी स्थायी समितिको आज सिंहदरबारमा बसेको बैठकले एघार प्रदेशमा सहमित खोज्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । सीमाङकन, नामाङकन लगायतका विषयमा भने एमाओवादीले आफ्ना पार्टीका जातीय संगठन र कांग्रेस, एमाले लगायतका दलहरुसँग परामर्श गर्ने जनाएको छ ।
त्यसै गरेर एमाओवादीले जेठ–१४ गते भित्रै नयाँ संविधान जारी गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । प्रवक्ता शमाले संविधानसभाको म्याद नथपिने बताए ।
दलहरुका वीच राज्य पुनर्संरचनाका विषयमा आज दिनभरी विभिन्न चरणमा परामर्श समेत भएका छन् । छलफलमा एघार संघीय राज्य बनाउने र ति राज्यहरुको नाम राख्ने जिम्मेवारी प्रादेशिक संसदले नै दिने की भन्ने विषयमा समेत परामर्श भएको नेताहरुको भनाई छ । सौर्य

प्रतिक्रिया