जातीय राज्यको विपक्ष नब्बे प्रतिसत

चितवन, १ जेठ । चिवतनमा आज भएको जातीय राज्य चाहिन्छ वा चाहिदैन भनेर गरिएको नमूना जनमत संग्रहमा नब्बे प्रतिसत बढिले जातीय राज्यको विपक्षमा मत खसालेका छन् ।
मुलुकमा जातीय राज्य उपयुक्त ‘हो वा होइन’ भन्ने विषयमा भएको नमूना जनमत संग्रहमा एक हजार बढि सहभागी भएका थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसले गरेको नमूना जनमत संग्रहमा ९० प्रतिशत भन्दा बढि मत अनुपयूक्त भन्नेमा परेको छ । भरतपुरको क्याम्पस गेटमा जनमत संग्रह गरिएको थियो । एक हजार एक सय ६२ जनाले मतदात गरेका थिए ।
एक हजार ५१ मत जातीय राज्यमा राज्यको विपक्षमा खसेको थियो ।
अनेरास्ववियु वीरेन्द्र क्याम्पस कमिटीका अध्यक्ष विमल केसीका अनुसार जातीय आधारमा राज्यको पुनर्संरचना ठीक भन्नेमा ७९ जनाले मात्रै मत दिएका थिए । ३२ मत बदर भएका छन् ।
अनेरास्ववियु क्याम्पस कमिटीले ४७ औं विद्यार्थी दिवसका अवसर सो नमूना जनमत संग्रह गरेको थियो ।

प्रतिक्रिया