संघीय राज्यको नाम गैर जातीय बनाईने


काठमाडौं, २८ वैशाख । राज्य पुनर्संरचना अन्तर्गका विषयमा प्रमुख दलहरुले छिट्टै राजनीतिक सहमति जुटाउने दावी गरेका छन् ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको आज राजधानीमा बसेको बैठकले संघीय राज्यको नाम गैरजातीय राख्ने विषयमा सहमतिको नजिक पुगेको दाबी गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले संघीय राज्यहरुको नाम गैरजातीय बनाउने विषयमा छलफल गरिरहेको बताए । उनले गैरजातीय संघीय राज्यमा सहमति हुन सक्ने बताए ।
उनले शनिबार पुनः बस्ने शीर्ष बैठकले राज्य पुनर्संरचनाका विषयमा सहमति जुटाउने बताए ।
दैनिक सरह राज्य पुनर्संरचना र शाकीयस्वरुपका विषयमा सहमतिका लागि छलफल गर्दै आएका प्रमुख दलका शीर्ष नेताहरुले निकास निकाल्ने दाबी गरेका छन् ।
त्यसै गरेर संघीय राज्य पनि ११ वटा सम्म बनाउने विषयमा छलफल गरेको नेताहरुको भनाई छ ।

प्रतिक्रिया