नेपालगन्ज, २९ वैशाख । बन्दका कारण नेपालगन्जमा रोकिएको सुदूरपश्चिमको वार्ताटोली हवाइजहाजबाट काठमाडौ प्रस्थान गरेको छ ।
सरकारले पठाएको जहाजबाट वार्ताटोली मध्येका २९ जना अपरान्ह साढे चार बजे काठमाडौ उडेका हुन् ।
वार्ताटोलीका बाँकी सदस्यहरु जमुनाहा नाका हुँदै भारतबाट घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलले जानकारी दिए ।
अखण्ड मध्यपश्चिमको बन्दले अवरोध पुराएपछि उनीहरु बर्दियामै रोकिएका थिए । प्रहरीको सुरक्षामा उनीहरुलाई कोहलपुर ल्याइएको थियो ।
बाँकेका प्रजिअ पोखरेलले जहाजमा सीमित सिट हुने भएकाले बाँकीलाई घर फर्काएको बताए ।
राज्य पुनर्संरचना गर्दा १४ प्रदेश हुनुपर्ने एकीकृत माओवादीले नयाँ प्रस्ताव ल्याएर सुदूरपश्चिमलाई खण्डित गरेपछि अखण्ड सुदूरपश्चिमको माग सहित बन्दको आन्दोलन चर्किएको थियो ।
अखण्ड सुदुरपश्चिमको माग गर्दै स्थानीयले १५ दिनदेखि आमहड्ताल गर्दै आएका छन ।
प्रतिक्रिया