कसको हो यो करामत ?

वार्सा : पोल्यान्डको लुब्जिन गाउँको एउटा ठिटो हेलचेक्रयाइँपूर्वक गाडी कुदाउँथ्यो । जथाभावी कार हाँक्ने उसको बानीका कारण छरछिमेक आजित थिए । कतिबेला कसलाई उसको गाडीले किच्ने हो भन्ने भय गाउँलेलाई थियो ।
बिगन्यु फिलो नामक २४ वर्षीय केटो सदाभैँm एक बिहान कार कुदाउन निस्कियो तर उसले ग्यारेजमा कार भेटेन । खोज्दै जाँदा रूखको हाँगामाथि कार अड्केको देखेर ऊ छक्क पर्‍यो । कसले, कसरी र किन रूखमाथि कार अड्काइदियो भन्ने भेउ पाउन नसकेपछि उसले प्रहरीलाई खबर गर्‍यो । कार अड्काउने को हो भन्ने विषयमा छरछिमेकले केही भनेका छैनन् । तर, गाउँकै कसैले रातको समयमा क्रेनको सहयोगले कार अड्काइदिएको उनीहरूको कथन छ ।
एक गाउँलेले भने, ‘जसले कार अड्काइदिएको हो, उसले एकदमै ठीक काम गर्‍यो, कार कुदाउँदा यो केटो ज्यादै हेलचेक्रयाइँ गर्छ । उसका कारण कुन दिन कसले किचिएर मर्नुपर्ने हो कुन्नि †’
गाउँलेबाट यस्तो प्रतिक्रिया सुनेपछि लाजले रातोपिरो भएको फिलोले अब उप्रान्त होसियारीपूवर्क कार चलाउने प्रतिज्ञा गर्‍यो । ‘मैले पाठ सिकिसकेको छु, अबदेखि कहिल्यै पनि हेलचेक्रयाइँपूर्वक गाडी कुदाउँदिन,’ उसले भन्यो । (डेलिमेल)

प्रतिक्रिया