गणतन्त्रको अभ्यास

अंग्रेजीमा एउटा उखान छ, ‘प्राक्टिस मेक्स अ मेन परफेक्ट’ अर्थात् अभ्यासले मानिसलाई दक्ष–निपूर्ण बनाउँछ । हामी नेपाली पनि दिनरात अन्य सबै कामलाई थाती राखी गणतान्त्रको अभ्यासमा लागेका छौँ । पत्याउनु भएन होला † जाबो कलमको टुप्पाको कुरा पत्याउनु पनि कसरी † फटाहा नेताहरूको फट्याइँ सुन्दा–सुन्दा साँचो कुरा सुन्दा पत्यारै लाग्दैन । डेरीको दूध खाने बानी लागेकालाई गाईको दूध किन मन पथ्र्यो र † छेरौटीले समातिहाल्छ ।
‘पहिले थुन, अनि सुन †’ भन्ने राजतन्त्र हामीलाई मन परेन, ‘जनतालाई चुट, देशलाई लुट † भन्ने राणातन्त्र पनि मन परेन, प्रजालाई ‘पर जा’ भन्ने प्रजातन्त्रले पनि झुसिलो डकार मात्र ल्यायो । पञ्चायत कालमा पञ्च परमेश्वरले आफ्ना पाँच मुखले देश निल्न थालेपछि पञ्चायतन्त्रको मन्त्रले पनि हावा खायो ।
एकजना पाकै नेतालाई कोट्याएँ, लौन यो गणतन्त्र भन्या के हो ? एउटा स्याल कराएको सुन्नु मात्र पर्छ, सबै हुआँ हुआँ गरेर बोलीमा लोली मिलाउन थाल्दछन् । अचेल हगेर राम्ररी धुन पनि नजान्ने नेताहरूसमेत भाषणमा पचहत्तर पल्ट गणतन्त्रको गुणगान गर्छन् ।
ती पाका नेताले जुँगाभित्रबाट मुसुमुसु हाँस्दै मलाई सम्झाए– हाम्रा राष्ट्रिय देव हुन्– देवहरूका पनि देव महादेव । महादेवका गणमा भूत प्रेत पिचास डाकिनी डंकिनी सबै पर्छन् । वर्तमान कालका भूत प्रेत गण भन्या पार्टी–कार्यकर्ता हुन् । यी गणले गर्दा नै नेताहरूको शोभा बढ्छ । आफ्ना यी नै भूत प्रेत पिचास गणको खाँडो जगाउन, उनीहरूलाई खुवाई पियाई तृप्त पनि भनी गणतन्त्र चाहिया हो । पृथ्वीनारायण शाहको लवजमा भन्ने हो भने, कार्यकर्ता मोटा भया भने नेता स्वत: मोटा हुन्या छन् । भूत प्रेत गण सन्तुष्ट भया छन् भने नेता गणको आसुरी शक्ति बढ्न्या छ । तोडफोड–बन्द–हड्ताल गन्र्या शक्ति बढ्न्या छ ।
लौ भएन बा…, भन्ठानेर राष्ट्रियस्तरकै एक भयंकर नेतालाई सोध्न पुगेँ कताबाट घैँटोमा घाम लागेछ, ठूलो कपमा थोरै चिया हालेर उनको चाकरले मलाई टक्र्यायो । म चिया चुस्न थालेँ, उनी राजनीति छाद्न थाले, हेर्नुस् आचार्यजी गन्नुलाई संस्कृतमा गणना भन्छन् । तपाईं विद्वान् मान्छे, आँ भन्नासाथ अलंकार बुझिहाल्नु हुन्छ गणतन्त्रमा जसले गणना गर्न नसक्ने अकुत सम्पत्ति कमाउँछ, उसैले गणतन्त्रको भित्री–बाहिरी रहस्य बुझेको भनिन्छ । राजनीति निकै गहिरो कुरा पो त हो आचार्य बाजे †
मैले सही थपेँ, हो त नि नेताजी † मैले राजनीति शास्त्रमा एमए गरेँ तर यो मोरो गणतन्त्रको मेसो राम्ररी पाइनँ । हाम्रो जिल्लामा पनि एक नेता थिए । प्रत्येक चुनावमा उम्मेदवार बन्थे । उनको प्रचारमा लेख्या हुन्थ्यो, राजनीति शास्त्रमा एमए । तर, सबै चुनावमा उनको जमानत जफत हुन्थ्यो ।
यति भनेर म स्वयं हासेँ, लाज पचाउन उनले मेरो हाँसोमा निर्लज्जतासाथ असहयोग गरे । अलिकति सोमत पनि नभा’ भन्ठानेँ †
तर, भुलले भए पनि उनको सास गन्हाउने मुखबाट एउटा सत्य कुरा फुत्त झरिहाल्यो, हुर्नुस् आचार्यजी, देशमा जुनसुकै तन्त्र आओस् जुनसुकै तन्त्र जाओस्, त्यहाँको जनता कहिल्यै सुखी, हुँदैन र शासक वर्ग कहिल्यै दु:खी हुँदैन ।
कसरी यस्तो हुन्छ, नेताजी ? –मैले इमानदारीसाथ आफ्नो अज्ञानता जाहेर गरेँ ।
उनको बाक्लो जुँगाको पर्दाभित्रबाट आकाशवाणी भयो, यो सब गणतन्त्रको अभ्यास हो, अर्थोक केही होइन । बिस्तारै–बिस्तारै जनतालाई दु:ख, अभाव, पीडा सबै खाले कष्ट सहने बानी पर्छ †
हालसालै रोगी भएर म भारतको तमिलनाडुसम्म पुगेँ । रेलयात्रामा बिहारबाट केही वर्षअघि छुट्टिएर, नयाँ बनेको प्रदेश–झारखण्डका केही युवासँग सोधेँ, बिहारबाट छुट्टिएपछि झारखण्डमा क्यै प्रगति भयो त ?
एक युवाले दार्शनिक पारामा पीडा पोख्यो, नेताहरू मोटाए, माओवादी गतिविधि बढ्यो, विकास शून्य छ । हामी पचासजनाको समूह तमिलनाडुबाट घर फर्कंदै छौँ, ६ महिना जति काम गरेर ।
अर्कोले फुर्ती लायो, हामीलाई त था’ पनि छैन, झारखण्डमा को छ, मुख्यमन्त्री † कसैले क्यै गर्ने होइनन् । सबै आफ्नै भुँडी भर्ने मात्र हुन् । उता तमिलनाडुमा पाँच–छ, रुपियाँमा एक किलो चामल पाइन्छ । जुन सरकारले जनताको भलो गर्न सक्यो त्यै सरकार राम्रो †
म पनि झल्याँस्स भएँ, हो त नि † हाम्रो देशम पनि जनताको भलो गर्ने नेता प्रशस्तै छन् । अब यो देशलाई विकास गर्नबाट इन्द्रको बाउ चन्द्र आए पनि रोक्न सक्दैन । देशमा राष्ट्रिय र युद्धस्तरमा गणतन्त्रको अभ्यास जारी छ, तपाईं पनि भ्याइए जति भ्याइदिने हो कि ?
‘मुखमा मुलुकोन्नतिका गफ छन्
व्यवहार छ धूर्त र लम्पटको
अझ यो कपट व्यवहार मुनि
कति गुम्सिनु हो ? कति टाक्सिनु हो ?’
धेरै अघि कवि महानन्दले कसरी यो बुझेर ‘अझ’ कवितामा यसरी भन्न सकेका ††

प्रतिक्रिया