‘सुदूरपश्चिम स्वायत्त राज्य’

कैलाली, २९ वैशाख । १४ दिनदेखि आन्दोलतरत अखण्ड सुदूरपश्चिमका आन्दोलनकारीले सरकारी कार्यालयमा सुदूरपश्चिम स्वायत्त राज्य सरकारको साइनबोर्ड राखेका छन् ।

एकीकृत नेकपा (माओवादी)ले राज्य पुन:संरचना समितिमा १० प्रदेशको प्रस्तावमा कैलाली र कञ्चनपुर जिल्लालाई टुक्रयाएर थरुहट तथा पहाडका सात जिल्ला समेटेर खप्तड प्रदेशको खाका प्रस्तुत गरेपछि दुई सातादेखि आन्दोलन चलिरहेको छ ।
बिहीबार धनगढीमा बसेको अखण्ड सुदूरपश्चिम एकता समाज नागरिक आन्दोलन परिचालन समितिको बैठकले पाँच सय एक सदस्यीय आन्दोलन परिचालन स्वयंसेवक युवा दल गठन गरेर लेख्न थालेका हुन् । आन्दोलनलाई अझ सशक्त बनाउन र व्यवस्थित गर्न धनगढीका सबै क्षेत्रलाई समेटेर युवा दल गठन गरिएको नागरिक आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाले बताए ।
युवा दल गठन भएपछि त्यसमा आबद्धले बिहीबारदेखि कैलालीका सरकारी कार्यालयमा रहेका साइन बोर्डमा विभाग तथा मन्त्रालयको नाम मेटेर नेपाल सरकार, सुदूरपश्चिम स्वायत्त राज्य सरकार लेखेका हुन् । जिल्ला विकास समितिबाट लेख्न सुरु गरिएको अभियान शुक्रबारदेखि सम्पूर्ण सरकारी कार्यालयमा लेखिने देउवाले बताए ।

प्रतिक्रिया