कैलाली, २८ वैशाख । डोटीमा आज बिहान परेको चट्याङ लागेरले एकै घरपरिवारका छ जना घाइते भएका छन् ।
खिर्सेन–९ का नर बिकको घरमा परेको चट्याङले पत्नी र चार नाबालक छोरा र छोरी घाइते भएका हुन् ।
घाइतेको जिल्ला अस्पतालमा सिलगढीमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
चट्याङले ४८ वर्षीय नर बिक, ३९ वर्षीया पत्नी जयन्ती तथा १४ वर्षीया छोरी डम्बरीकुमारी, छोराहरु १० वर्षीय बिक्रम, छ वर्षीय रोशन र ३ वर्षीय दीपक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सौर्य
प्रतिक्रिया