आक्रमणबाट चुनौती नहट्ने

ओटावा : इजरायली राष्ट्रपति सिमोन पेरेजले इरानमाथि आक्रमण गरेर इरानबाट सिर्जना हुनसक्ने चुनौती समाप्त गर्न नसकिने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका पारमाणविक केन्द्रमाथि अविलम्ब आक्रमण गरी इरानलाई परमाणु हतियार हात पार्नबाट रोक्नुपर्ने धारणा राखिरहेका बेला राष्ट्रपति पेरेजले फरक धारणा व्यक्त गरेका हुन् ।
‘इजरायलका लागि मात्रै नभई सम्पूर्ण क्षेत्र र अमेरिकाका लागि पनि इरान चुनौती हो । इरानमाथि बम वर्षा गरेर उसलाई धरमर पार्न सकिएला तर उसबाट सिर्जना हुनसक्ने चुनौतीलाई निमिट्यान्न पार्न सकिँदैन,’ उनले भने । इरानमाथि आक्रमण गर्न चाहनु राम्रो भएको टिप्पणी गर्दै उनले भने, ‘आक्रमणपछि के हुन्छ ? यसबाट इरान दुई अथवा तीन वर्षसम्म कमजोर हुन्छ भन्ने केही मानिसले बताइरहेका छन् तर यो पर्याप्त छैन ।’ (एजेन्सी)

प्रतिक्रिया