समयको दबावमा परेका छौः अध्यक्ष दाहाल

काठमाडौं, २७ वैशाख । विवाद समाधान उपसमितिका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसमितिको निरन्तरका प्रयासका बाबजुद सहमति निर्माण गर्न नसकिएको जनाएका छन् ।
संवैधानिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष दाहालले समयको अत्यन्त दवावमा रहेको समेत बताए । उनले अब नियमावली बमोजिमको प्रक्रिया र सहमतिको प्रयासलाई संगसंगै अघि बढाउनु पर्ने बताए ।
उनले सहमति खोज्न असफल भएपनि शीर्ष नेताहरुले अन्तिम क्षणसम्म निकास खोज्ने जनाएका छन् ।


प्रतिक्रिया