जियाको आकर्षण

नायिका जिया केसीसँग नजिकिन नचाहने कमै होलान् । हो यही माया होबाट चलचित्रमा प्रवेश गरेपछिका उनका सम्बन्धहरू प्राय: चर्चामै छन् । जुन चलचित्र गर्छिन् उनीसँग कोही न कोही नजिकिएकै हुन्छ । एक समय निर्देशक दीपक श्रेष्ठसँग जोडिएको उनको नाम पछि आएर अरू थुप्रैसँग पनि जोडिएर चर्चामा नआएको होइन । आखिर के छ जियासँग त्यस्तो, सबैलाई आफूतिर तान्न सक्ने † चलचित्रमा गरेको अभिनयबाट त कसरी पो अनुमान लगाउनु र ? त्यसमाथि उनका केही चलचित्र प्रदर्शनमा आएकै छैनन्, ल्याबमा थन्किएका छन् । अब उनले सुटिङ गर्दै गरेका चलचित्रतिरै धाउनुपरिहाल्यो ।
केही समयअघि उनी चलचित्र एटिएमको सुटिङमा थिइन् । कसैकसैलाई त ‘आज मेरो हटसिन छ हेर्न आउनु है’ भन्दै बोलाएकी पनि रहिछन् । सट सुरु भयो । स्विमिङ पुलको छेउमा नायक दिनेश थापामाथि उनी लड्नुपर्ने सट रहेछ । त्यो क्रममा नायकले उनको वक्षस्थलका दुईतिर हात राख्नुपर्ने रहेछ । यसका लागि उनी निस्फिक्री आफ्नो ज्यान छोडिरहेकी थिइन्, नायक दिनेश फिलिङसहित सट दिँदै थिए ।  जिया सुनाउँदै थिइन्– ‘कस्तो अलि–अलि डर अनि काउकुती लाग्यो भन्या † अब नगरूँ त कथाले मागेको दृश्य †’ सट चाँडो पनि कहाँ भयो र, अलिअलि टेक त लाग्ने नै भयो । दोहोर्‍याई–तेहेर्‍याई उही प्रक्रिया । उनको वक्षस्थल अनि त्यसमाथि नायकका दुई हात । सट प्याकअप भयो । सबै लाखापाखा लागे । तर पनि बोधो दिमालाई खुट्याउनै गाह्रो पर्‍यो भन्या– किन सबै जना यिनका पछि लागेका होलान् †

प्रतिक्रिया