सिडिओसहित ३८ उपसचिवको सरुवा

काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओसहित ३८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको सचिवस्तरीय निर्णयबाट २४ जिल्लाका सिडिओ र सहायक सिडिओको सरुवा गरिएको हो ।
गृहमन्त्रीको ठाडो निर्देशनमा सचिवस्तरीय निर्णय भन्दै सिडिओको सरुवा गरिएको स्रोतले बताएको छ । सरुवा गर्दा दुर्गम जिल्लाका सिडिओलाई सुगममा पठाउनुपर्ने नियम भए पनि दुर्गमकालाई दुर्गममै पारिएको छ ।
गृहले दुर्गम जिल्ला डोल्पाका सिडिओ टेकबहादुर केसीलाई पर्वत, सोलुका यादव सुवेदीलाई रोल्पा, रोल्पाका हरिप्रसाद बाँस्तोलालाई मनाङ, पाँचथरका डुल्लुराज बस्नेतलाई रामेछाप, दार्चुलाका कृष्णश्याम बुढाथोकीलाई जाजरकोटमा सरुवा गरेको छ । (सौस)

प्रतिक्रिया