काठमाडौं, २५ वैशाख । शिवस्वरुप आदि गुरु गोरखनाथको जयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।
सिद्धाचल मृगस्थलीमा आज गोरक्ष जयन्तीका अवसरमा विशेष कार्यक्रम गरेर मनाईएको हो ।
कार्यक्रममा डा.कवीर नाथ योगी, भरत जंगम, डा.चिन्तामणि योगीलगायतले गुरु गोरखनाथका बारेमा जानकारी गराएका थिए । शिवका अवतारका रुपमा मानिने गुरु गोरखनाथको श्रद्धा गर्दा मनले चिताएको पुरा हुने विश्वास छ ।
गुरु गोरखनाथकै कृपाका कारण गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा सफलता पाएको भनाई छ ।
प्रतिक्रिया