बार्ता र संघर्ष एकै साथ

कैलाली, २५ वैशाख । अखण्ड सुदूरपश्चिमको माग सहित संघर्षमा उत्रिएका अखण्ड संयुक्त संघर्ष समितिले बार्ता र संघर्षलाई एकसाथै लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री बावराम भट्टराईले बार्ताबाट समस्याको समाधानका लागि आह्वान गरेपछि समितिले आज कैलालीमा पत्रकार सम्मेलन गरेर बार्ताको स्वागत गरेको हो । उसले माग पुरा नहुँदासम्म आन्दोलनलाई यथावत राख्ने उल्लेख गरेको छ ।
समितिका अध्यक्ष गोपाल देउवाले सरकारको बार्ता प्रस्तावको स्वागत गर्दै आन्दोलन र बार्तालाई साथसाथै लैजाने बताए । उनले भने, ‘आन्दोलन फिर्ता लिदैनौ तर सरकारसँग बार्ता भने गर्छाै ।’
त्यसै गरेर समितिले सरकारसँगको बार्ता सुदूरपश्चिममै हुनुपर्ने माग पनि अघि सारेको छ ।
विगत ११ दिन देखिको सुदूरपश्चिम बन्द हुँदा सर्वसाधारर्णले सास्ती बेहोर्नु परेको छ । एमाओवादी, कांग्रेस र एमालेको आग्रहमा प्रधानमन्त्री भट्टराईले आजै विहान आन्दोलनरत सुदूरपश्चिमका संघ/संगठनका प्रतिनिधिसँग बार्ताका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया