जनकपुर आन्दोलन उद्देश्य बिहिनः महतो

जनकपुर, २५ वैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मिथिला राज्यका लागि जनकपुरमा विगत केही दिनदेखि जारी आन्दोलन उद्देश्य हिन रहेको आरोप लगाएका छन् ।
मिथिला राज्य संघर्ष समितिले गैरजिम्मेवारी तरिकाले आन्दोलन सञ्चालन गरिरहेको आरोप लगाउदै उनले बन्दगर्दैमा मिथिला राज्य नपाउने बताए । उनले भने, ‘यो आन्दोलनको कुनै तुक छैन ।’
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनकपुर अभिभावकविहिन बन्दै गईरहेको आफूलाई महसुस भएको दाबी गरे । मिथिला राज्य स्थापनाका लागि बजार बन्द गरेर कुनै उपलब्धी नहुने महतोको भनाई छ ।
संघर्ष समितिको आन्दोलनका तौरतरिका गलत रहेकाले अब जनकपुरलाई राजधानी बनाउन समस्या हुनसक्ने उनको भनाई छ ।
मुलुकमा संघीयताको कुरा सबभन्दा पहिला सद्भावना पार्टीले उठाएको स्मरण गराउदै महतोले सद्भावनाको महाधिवेशनका समयमा जनकपुर बन्द गर्नुले मुलुकभरी नाकारात्मक सन्देश गएको टिप्पणी गरे ।
मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरमा विगत केही दिनयता जारी आन्दोलनप्रति सद्भावना अध्यक्ष महतोको नकारात्मक टिप्पण आएको हो ।

प्रतिक्रिया