वन्दको प्रभाव आंशिक

विराटनगर, २५ वैशाख । थारुहट संघर्ष समितिले आह्वान गरेको पूर्वाञ्चल वन्दले कोशी पूर्वका सुनसरी, मोरङ र झापा जिल्लाका तराई क्षेत्रमा आंशिक मात्रै प्रभावित भएको छ ।

पूर्वका मुख्य शहर विराटनगर, धरान, ईटहरी लगायतका बजारमा खासै बन्दको प्रभाव परेको छन । स्थानीय वजारहरु पनि खुलेका छन । बन्दको अवज्ञा गरेर सार्वजनिक सवारी साधनपनि चल्न सुरु गरेका छन् ।

सुनसरीको दुहवी र झुम्कामा बन्दकर्ताले सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध पुराउने प्रयासलाई प्रहरीले असफल बनाईदिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया