सुर्खेत उवासंघमा चुनावी माहोल

सुर्खेत, २५ वैशाख । उद्योग वाणिज्य संघ सुर्खेतको नयाँ कार्य समितिका लागि हुन लागेको चुनावी माहोलले तीव्रता पाएको छ । सोमबार संघको चुनाव हुँदै छ । संघका निवर्तमान अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीको नेतृत्वका दुई प्यानल चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका छन् ।
दुबै प्यानलले आइतबार दिनभर मोटरसाइकल र्‍याली, पर्चा–पम्पलेट वितरण, माइकिङ, घरदैलो अभियानलगायतका कार्यक्रम गरी आफ्नो प्यानललाई विजयी गराउन आह्वान गरेका छन् ।
विष्णुबहादुर शाही नेतृत्वको प्यानलले आइतबार बिहान मोटरसाइकल र्‍यालीपछि घरदैलो कार्यक्रम गरेको थियो भने पदम शाही प्यानलले पहिले घरदैलो अभियान गरी मोटरसाइकल र्‍याली आयोजना गरेको थियो । २१ पदका लागि ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षका उमेद्वार विष्णुबहादुर शाहीले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका काम पूरा गर्नका लागि पुन: उम्मेदवारी दिएको बताए । उनले आफू विजयी भएमा व्यवसायीको हितका साथै समग्र जिल्लाकै विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यता अर्का उम्मेदवार पदमबहादुर शाहीले नयाँ कार्यसमितिको अध्यक्षका लागि आफू निर्विकल्प उम्मेदवार रहेको दाबी गरे ।

प्रतिक्रिया