सिटौला सहित तीन उपप्रधानमन्त्री


काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री बावुराम भट्टराईले कांग्रेसका तर्फबाट मन्त्री बनेका कृष्णप्रसाद सिटौलालाई आज उपप्रधानमन्त्रीमा नियुक्ति गरेका छन् ।
उपप्रधानमन्त्रीमा नियुक्त भए लगत्तै सिटोलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री भट्टराईले सिटौलालाई आजै बेलुका पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । कांग्रेसको आग्रहमा भट्टराईले सिटौलालाई उपप्रधानमन्त्री बनाएका हुन् ।
बर्तमान सरकारमा सिटौलासँग तीन उपप्रधानमन्त्री हुने छन् । सिटौलाले शनिबार मात्रै मन्त्रीमा सपथ लिएका थिए । उनको मन्त्रालय भने अझै खुलेको छैन ।
विजय गच्छेदार र नारायणकाजी श्रेष्ठसँगै सिटौला तेस्रो नम्वरका उपप्रधानमन्त्री हुने छन् ।

प्रतिक्रिया