सत्तामा खस जातीहरु नै हाबी भए

विराटनगर, २४ वैशाख । एमाओवादीका केन्द्रीय सदस्य प्रभु साहले अखण्ड पश्चिम र कोशी पूर्वको नाममा मधेस विरुद्ध षडयन्त्र भैरहेको आरोप लगाउदै मधेसी आन्दोलनका लागि तैयार हुन आग्रह गरेका छन् ।

विराटनगरमा आज आयोजित कार्यक्रममा उनले स्वायत्त मधेस राज्यको मागबाट कोही पनि पछि हट्न नहुने बताएका छन् । उनले भने, ‘सघर्षका लागि तैयार रहनुस ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले मधेस आन्दोलनले जागरण ल्याएपनि अझै शासनमा खस जातीहरु नै हावी भएको आरोप लगाए । उनले खस जातीहरु बिरुद्ध सबै मधेसीहरु एकजुट भै अर्को मधेस आन्दोलन थाल्नुपर्ने वताए ।

मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य सञ्जय साहले बिभिन्न वहानामा मधेसीहरुका विरुद्ध षडयन्त्र हुन लागेको आरोप लगाए ।

यसैवीच, विराटनगरलाई केन्द्र वनाएर कोशी पूर्वको राज्य माग गर्दै आज विराटनगरमा जुलुस प्रर्दशन भएको छ ।

प्रतिक्रिया