‘धर्मनिरपेक्ष राष्ट्रमा सबैको समर्थन छ’

काठमाडौं, २४ वैशाख । उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधान तोकिएकै समयमा जारी हुनेमा विश्वासको आधार पलाएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया निष्कर्षमा पुगिसकेकाले सहमतीय सरकारले तोकिएकै समयमा संविधान जारी गर्ने दाबी गरे । उनले संविधान बन्ने आधार बढ्दै गएकाले सबैलाई शान्तिको पक्षमा लाग्न आग्रह गरेका छन् ।
नेपाली जनताको इच्छा सबैसँग मिलेर बस्ने भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले भने, ‘धार्मिक सहिष्णुता हाम्रो पहिचान हो, यस पहिचानलाई जोगाई राख्नका लागि सबै नेपालीले सहयोग गनुपर्छ ।’
संविधानमा धर्म निरपेक्षता राख्न सबै नेपाली सहमत भइसकेको दाबी गर्दै उनले अब बन्ने संविधानले सबै धर्मको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया