कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसले अन्नपूर्ण हिमश्रृखलाबाट आएको अप्रत्याशित हिमपहिरोका कारण कास्कीमा भएको जनधनको नोक्सानीबाट गम्भिर भएको जनाएको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर पोखरा भुर्जङ्गखोला क्षेत्रमा सेती नदीको वाढिले ठूलो जनधनको क्षती गराएको भन्दै चिन्ता जनाएको छ । कांग्रेसले नदी किनारामा शव पाईएको, दर्जनौ घर वहावमा परेका र विद्यालयका वस लगायत मालवाहक वाहनहरु वगेकोमा समेत चिन्ता जनाएको छ ।
अकल्पनीय रुपमा आएको बाढीले यस्तो दुःखद् परिस्थिति उब्जाएको भन्दै कांग्रेसले आपतको यस समयमा शाहसका साथ उद्धारमा लागेका उद्धारकर्मीहरु धन्यवाद समेत दिएको छ ।
साथै कांग्रेसले सरकारसंग उद्धारकार्य अझ तिव्रताका साथ संचालन, घाईतेको उचित रुपले उपचार गर्न र पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन सरकारको ध्यान आकृष्ट गराएको छ ।

प्रतिक्रिया