मन्त्री पठाउन वैद्य पक्षसँग सल्लाह गरिने

काठमाडौं, २२ वैशाख । एकीकृत माओवादीले तत्कालका लागि सरकारमा सहभागी हुने दुई निर्वतमान मन्त्रीको नाम सिफारिस गरेको छ ।
काठमाडौंमा आज बसेको संस्थापन पक्षको स्थायी समिति बैठकले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीलाई पठाउने निर्णय गरेको स्थायी समिति सदस्य कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई मन्त्रीका लागि पठाउने निर्णय भएको छ, बाँकी मन्त्री उपाध्यक्ष मोहन बैद्य जीहरुसँगको छलफल पछि पठाउने छौं ।’ श्रेष्ठ यस अघि उपप्रधान तथा परराष्ट्रमन्त्री र बोगटीले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
बैद्य पक्षसँग छलफल गरेर मन्त्रीको नाम पठाउन स्थायी समितिले अध्यक्ष दाहाललाई जिम्मेवारी दिएको छ । स्थायी समिति बैठकमा बैद्य पक्ष भने अनुपस्थित रहेको थियो ।
कुन दलले कति र कुन, कुन मन्त्रालय पाउने भन्ने बारेमा कांग्रेस, एमाले लगायतका दलहरुसँगको छलफल पछि टुङगाउने नेता महराले बताए ।
वैद्य समुहले भने अन्तरिम संविधानको धारा ३८ (२) अन्तर्गतकै वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया