मादक पदार्थ सेवन गरेर बितण्डा मच्चाउने पक्राउ

इलाम, २१ वैशाख । इलाममा प्रहरीले मादक पदार्थ सेवन गरि घर तोडफोड गर्ने चार जनालाई पक्राउ गरेको छ ।
इलाम नगरपालिका–३, गोलवस्तीका स्थानीय गणेश भट्टराईको घरमा तोडफोड गर्ने मोरङ्ग उर्लाबारीका प्रदिप खतिवडा, किरण खड्का, गौरादह झापाका महेशजंग कार्की र सहदेवराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
घट्नामा संलग्न एलिस गुरुङ र प्रतिष्ठा पौडेल भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लिला गुरुङले बताए ।
उनीहरूले मे १ ज ३४४ नम्बरको भ्यानको सिसा समेत तोडफोड गरेको प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गरेर उनीहरुले घरमा तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया